काठमाडौं। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा निर्माण व्यवसायी विकास परिषदले एक करोड जम्मा गरेको छ। आइतबार निर्माण व्यवसायी विकास परिषदबाट एक करोड जम्मा भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको हो।
प्रधानमन्त्री सचिवालयका अनुसार आइतबार मात्र कोषमा १० करोड २६ लाख सहयोग रकम प्राप्त भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीलाई आइएमई ग्रुपबाट पाँच करोड हस्तान्तरण भएको छ।
यसैगरी नेपाल बैङ्क लिमिटेडबाट दुई करोड, निर्माण व्यवसायी विकास परिषदबाट एक करोड, एनएमबी बैङ्कबाट ५१ लाख, नेपाली कांग्रेसबाट ५० लाख, नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट ५० लाख, नेपाल इन्स्योरेन्सबाट ५० लाख र मेटलाइफ इन्स्योरेन्सबाट २५ लाख सहयोग प्राप्त भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।