गोरखा। गोरखा नगरपालिका–१० हुल्चेमा क्रेन दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। आइतबार साँझ ८ बजे हुल्चेमा निर्माणाधीन अविनाश अर्बाएकर प्रालि ह्रयाचरीमा काम गरिरहेका बेला एक्कासि ब्रेक फेल भई दुर्घटना भएको हो।
दुर्घटनामा बारा जितपुर सिमरा उपमहानगरपालिका–१९ का १९ वर्षीय प्रिन्स अन्सारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ। अन्सारी अविनाश अर्बाएकर प्रालि ह्रयाचरीमा काम गर्थे। क्रेन ब्रेक फेल भएर २० मिटर तल खोलामा खस्दा अन्सारीको च्यापिएर मृत्यु भएको प्रहरीले जनाएको छ।