काठमाडौं। मकवानपुरको थाहा नगरपालिकामा बाढी पहिरोले २६ वटा खानेपानी आयोजना क्षति गरेको छ। असोज ११ र १२ गतेको बाढी पहिरोले २६ वटा खानेपानी आयोजना क्षति पुर्याउँदा १ करोड ६३ लाख रुपैयाँ बराबरको क्षति भएको पालिकाले जनाएको छ।
नगरपालिकाको क्षतिको विवरण अनुसार बाढीपहरोले खानेपानीका १८ वटा इन्टेकमा र २४ वटा खानेपानी रिजर्भ ट्याङ्कीमा क्षति पुगेको छ। १६ हजार १७० मिटर पोलिथिन पाइप बाढीले बगाएको समेत पालिकाले जनाएको छ।
नगरपालिकाको १२ वटै वडाहरुबाट तथ्याङ्क संकलन गरी पालिकामा एकीकृत गरी क्षतिको मूल्याङ्कन गरिएको छ। खानेपानी आयोजनामा भएको क्षति पुनर्निर्माणका लागि पालिकासँग बजेट अभाव भएका कारण खानेपानी डिभिजन, मन्त्रालय तथा विभागहरुमा अनुरोध गरी पठाएको समेत पालिकाले जानकारी दिएको छ।