काठमाडौं। नेपाल निर्माण व्यवसायी महासंघका पूर्व अध्यक्ष तथा संघिय सांसद जिप छिरिङ लामा नेपाली कांग्रेसको केन्द्रिय सदस्यमा निर्वाचित भएका छन्। खुला तर्फका उमेद्वार लामा पार्टीको केन्द्रिय सदस्यमा निर्वाचित भएका हुन्।
कांग्रेसमा खुलातर्फबाट ३५ केन्द्रीय सदस्य निर्वाचित हुनेमा लामा पनि ३५ भित्र परेका हुन्। दोलखाबाट महाधिवेशन प्रतिनिधि बनेका उनले सभापति शेरबहादुर देउवा समूहबाट केन्द्रीय सदस्यमा उम्मेद्वारी दिएका थिए।
निर्माण व्यवसायी समेत रहेका लामाले निर्माण व्यवसायी महासंघको अध्यक्षको रुपमा समेत काम गरिसकेका छन्।
सांसद समेत रहेका लामा नेपाली कांग्रेसको केन्द्रिय सदस्यमा निर्वाचित भएपछि निर्माण व्यवसायको क्षेत्रमा देखिएका समस्या राजनीतिक माध्यमबाट समाधान गर्न सरकारलाई निर्माण क्षेत्रका समस्या बारे ध्यानाकर्षण गराउन मद्यत पुग्ने साना निर्माण व्यवसायीहरुको अपेक्षा रहेको छ।