काठमाडौं। नेपाल वायुसेवा निगमको न्यारोबडी विमानले फुलपातिको दिन काठमाडौं–भैरहवा उडान गर्ने भएको छ। सरकारको निर्देशनमा नेपाल वायुसेवा निगमको न्यारोबडी विमानले फूलपातीका दिन काठमाडौं–भैरहवा–काठमाडौं चार्टर उडान गर्ने भएको हो।
निगमले एक दिनका लागि १ सय ५८ सिट क्षमताको न्यरोबडी विमानलाई भैरहवा पठाउन लागेको हो । चार्टर उडानका लागि निगमले आइतबार नेपाल नागरिक उड्डयन प्राधिकरणमा अनुमति मागेको छ ।
बाढीपहिरोका कारण मुख्य राजमार्गमा भएको अवरोधका कारण हवाई यातायातामा चाप बढपछि निगमको न्यारोबडी विमानले उडान गर्न लागेको हो।