काठमाडौं। काठमाडौं उपत्यकामा मेलम्चीको पानी दशैँअघि ल्याउने तयारी भइरहेको छ। खानेपानी मन्त्री प्रदीप यादवले मौसम विभागसँगको सल्लाहमा मेलम्ची खोल्ने सरकारको तयारी रहेको जानकारी दिएका हुन्।
मन्त्री यादवले मेलम्चीका स्थानीयहरुको चारवटा मागसहित अवरोध गरिरहेको भन्दै सरकारले वार्ताको माध्यमबाट समाधान गर्ने समेत जानकारी दिए।
उनले मुलुकमा असहज परिस्थिति रहेको भन्दै अहिलेलाई मुलुकको परिस्थिति बुझ्न मेलम्चीवासीसँग आग्रह गरेका छन्। मन्त्री यादवले वार्ता सहमतिको नजिकमा रहेको भन्दै मेलम्चीका स्थानीयहरुले विपद्को बेलामा साथ दिने विश्वास व्यक्त गरेका छन्।