काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले सातै प्रदेशका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री तथा सचिवसँग छलफल गरेका छन्। मन्त्री खड्काले आइतबार सातै प्रदेशका मन्त्री र सचिवसँग भर्चुअल बैठक गरी बाढीपहिरोले पुर्याएको क्षतिको बारेमा जानकारी लिएका हुन्।
बैठकमा मन्त्री खड्काले देशभर परेको अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण ऊर्जा, जलस्रोत र सिँचाइ क्षेत्रमा अर्बौं रूपैयाँको क्षति पुगेको भन्दै यसलाई पुनर्निर्माणका लागि तीनवटै सरकार सहकार्य गरेर अगाडि बढ्नुपर्ने बताए।
मन्त्री खड्काले छरिएर रहेको बजेटलाई एक ठाउँमा राखेर खर्च गर्न समेत सबै प्रदेश सरकारलाई आग्रह गरे।