काठमाडौं। रौतहटको यमुनामाई गाउँपालिका–५ मिठुअबा गाउँमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। करेन्ट लागेर मिठुअबा गाउँका २६ वर्षीय अस्लोक कुमार महतोको मृत्यु भएको हो।
धान बालीमा पानी हाल्न जडान गरिएको मोटरको तार जोडने क्रममा महतोलाई करेन्ट लागेको थियो। उपचारको लागि शिवदर्शण अस्पताल सुकदेव चोकमा लगिएको महतोलाई चिकित्सकले सोमबार राति मृत घोषणा गरेको प्रहरीले जनाएको छ।