काठमाडौं। काठमाडौं उपत्यकामा मेलम्चीको पानी वितरण गरिएको छ। सुन्दरीजलमा रहेको प्रशोधन केन्द्रबाट मेलम्चीको पानी खोलेर उपत्यकामा खानेपानी लिमिटेड (केयुकेएल)का विभिन्न वितरण शाखामार्फत वितरण गर्न सुरु गरिएको हो।
खानेपानीमन्त्री प्रदीप यादवले मेलम्चीको पानी वितरणका लागि शुभारम्भ गरेका छन्। मन्त्री यादव र मेलम्ची संघर्ष समितिबीच भएको वार्ता सफल भएपछि मेलम्चीको पानी सुन्दीजल पठाइएको थियो। अब सुन्दरीजलबाट केयुकेएलका विभिन्न पानी वितरण शाखामा पठाइएको छ।
गत असार १० गतेदेखि मेलम्चीको पानी वितरण बन्द गरिएको थियो।