काठमाडौं। धवलागिरी आरोहणमा गएका पाँचजनाको मृत्यु भएको छ। आइतबारदेखि सम्पर्कबिहीन भएका पाँच जना मंगलबार मृत भेटिएको हो।
उनीहरुले आइतबर राति ८ हजार मिटरको उचाइमा पुगेपछि थप माथि जान नसक्ने भन्दै फर्किन लागेको साथिहरुलाई बताएका थिए। तर आइतबार राति ११ बजेदेखि नै सम्पर्कबिहीन भएका उनीहरुलाई मंगलबार मात्र मृत अवस्थामा भेटिएको हो।
उनीहरु रसियाका चर्चित र अनुभवी आरोही रहेको बताइएको छ।