काठमाडौं। बाढी पहिरोका कारण क्षति पुगेको खानेपानीका संरचनाको काम फाष्ट ट्र्याकबाट गरिने भएको छ। काभ्रेका विभिन्न खानेपानी मुहान संरचनामा भएको क्षतिको बिहीबार स्थलगत अवलोकन गर्दै खानेपानी मन्त्री प्रदीप यादवले खानेपानी मन्त्रालय अन्तर्गत विभागका सबै संरचनाको काम फाष्ट ट्र्याकबाट गरिने जानकारी दिएका हुन्।
उनले पनौती लगायत क्षेत्रमा अस्थायी रुपमा अहिले पानी आइरहेको भए पनि त्यो अस्थायी मात्रै भएको र फेरि वर्षा हुँदा बाढीले बगाउने भएकाले त्यसको स्थायी तथा दीर्घकालीन रुपमा समस्या समाधानका लागि योजना तयार गर्ने समेत बताए।
मन्त्री यादवले खानेपानी मन्त्रालय अन्तर्गत नपर्ने तथा शहरी विकास मन्त्रालय अन्तर्गत पर्ने आयोजनाको विषयमा आफूले शहरी विकास मन्त्रालयसँग सल्लाह गर्ने बताए।