काठमाडौं। बाँकेको कोहलपुर नरपालिकामा शवदाह गृह निर्माण गर्न सुरु गरिएको छ। आधुनिक प्रविधियुक्त शवदाह गृह निर्माणका लागि नगरप्रमुख पूर्णप्रसाद आचार्यले शिलान्यास समेत गरिसकेका छन्।
करिब १ करोड २५ लाख लागत अनुमान गरिएको शवदाह गृह निर्माणका लागि विभिन्न सामाजिक तथा वित्तीय संस्थाहरुबाट सामाजिक उत्तरदायित्व वहन गर्न लगाइ रकम उठाउने भएको छ। त्यस अन्तर्गत एभरेष्ट बैंकले ५० लाख रकम उपलब्ध गराउने भएको छ।
अन्तर्राष्ट्रिय क्रिकेट मैदानको पूर्वपट्टि डुडुवा र रोहिनीखोलाको संगमस्थल पारि आधुनिक प्रविधियुक्त शवदाह गृह निर्माण गरिने नगरपालिकाले जनाएको छ।