काठमाडौं। सप्तरीमा आज बिहान बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। कञ्चनरुप नगरपालिका बरमझियामा भएको दुर्घटनामा एक महिलाको घटनास्थलमै मृत्यु भएको हो।
उदयपुरको गाईघाटबाट काँकडभिट्टातर्फ गइरहेको बस आज बिहान करिब ७ बजे दुर्घटना हुँदा उदयपुरकी २१ वर्षीया मैया राईको मृत्यु भएको प्रहरीले बताएको छ।
दुर्घटनामा २६ जना घाइते भएका छन् । घाइतेमध्ये आठ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।