ललितपुर। ललितपुरको चापागाउँमा फलामे पुल भाँच्चिदा एक जनाको मृत्यु भएको छ। सोमबार राति ललितपुरको छम्पी जोड्ने फलामे पुल भाँच्चिदा एक ट्रिपर चालकको मृत्यु भएको हो।
लामो समयदेखि टेको लगाएर राखिएको फलामे पुल भाँच्चिएको हो। पुल भाँच्चिएर गाडीमा ठोक्किँदा ना ८ ख ८१९१ नम्बरको ट्रिपर चालक गोदावरी-७ बुरुञ्चुलीका अजय मार्फाको मृत्यु भएको प्रहरीले जनाएको छ।