काठमाडौं। आज पनि सुनको मुल्य बढेको छ। सुनको मुल्यले आज पनि नयाँ रेकर्ड बनाएको हो।
आज सुनको मुल्य तोलामा ६ सयले बढेर प्रतितोला एक लाख ६५ हजार ६ सयमा कारोबार भईरहेको महासंघले जनाएको छ। जुन अहिलेसम्मकै उच्च मुल्य हो।
यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला २० रुपैयाँले बढेर २०९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।