तानसेन। तानसेन नगरपालिका ११ बडरबोटमा खानेपानीको सुविधा पुगेको छ। नगरपालिकाका घरघरमा खानेपानीको धारा पुगेको हो।
घरघरमा खानेपानीको धारा पुगेपछि स्थानीयहरु खुशी भएका छन्। पानी लिनकै लागि घण्टौँ खर्चिनु पर्ने समय बचत भएको भन्दै उनिहरुले खुशी ब्यक्त गरे।
गार्गी लिफ्ट खानेपानी योजना सम्पन्न भएपछि पानि लिनकै लागि दिन बिताउनु पर्ने समस्या समाधान भएको उनिहरुले बताए।
उक्त गार्गी लिफ्ट खानेपानी योजनाको तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले उद्घाटन गरेका हुन्।