काठमाडौं। उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल अमेरिकाको वासिङटन डीसी प्रस्थान गरेका छन्। विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)को वार्षिक बैठकमा भाग लिन पौडेल सोमबार राति अमेरिकाको वासिङ्टन डिसीतर्फ प्रस्थान गरेका हुन्।
अर्थमन्त्री पौडेल कात्तिक दोस्रो साता स्वेदश फर्कने कार्यक्रम रहेको अर्थमन्त्रीको सचिवालयले जनाएको छ ।
उनी वासिङ्टन डीसी र न्यूयोर्कमा रहँदा द्विपक्षीय तथा बहुपक्षीय भेटवार्ता गर्ने कार्यक्रम समेत रहेको सचिवालयले जनाएको छ।