धनुषा। धनुषामा स्कुल बसले ठक्कर दिँदा एक बालिकाको मृत्यु भएको छ। बसको ठक्करबाट मंगलबार बिहान धनौजी गाउँपालिका–२ स्थित रामजानकी बोर्डिङ स्कुलमा पढ्ने ११ वर्षीया आरोही कुमारी मण्डलको मृत्यु भएको हो।
बा ३ प ९०६५ नम्बरको जनज्योति बोर्डिङ स्कुलको बसले आरोहीलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। ठक्करबाट गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो।
घटनापछि आक्रोशित स्थानीयले विद्यार्थीलाई ओरालेर बसमा आगजनी गरेका छन्।