कपिलवस्तु। कपिलवस्तुको शिवराज नगरपालिकामा प्लास्टिकजन्य फूलमाला प्रयोग गर्न नपाइने भएको छ। प्लास्टिकजन्य फूलमालाले वातावरणीय प्रदूषण बढाउनुका साथै मानव स्वास्थ्यमा समेत प्रतिकूल असर पार्ने भएको भन्दै नगरपालिकाले प्लास्टिकजन्य फूलमाला प्रयोग नगर्न आग्रह गरेको हो।
नगरपालिकाले स्थानीय किसानबाट उत्पादित फूलले बजार नपाउने तथा ठुलो धनराशि बाहिरिने भएकाले प्राकृतिक फूलमाला मात्र प्रयोग गर्न अनुरोध गरेको छ।
वातावरण र स्वास्थ्यमा प्रत्यक्ष असर गर्ने प्लास्टिकजन्य फूलमालाको उत्पादन, बिक्रीवितरण, ओसारपसार र उपभोग गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही गरिने नगरपालिकाले सूचनामा उल्लेख गरेको छ।