काठमाडौं। दुई ट्रक र एक ट्यांकर ठोक्किँदा एकजनाको मृत्यु भएको छ। चितवनको टिकौली जंगलमा उक्त घटना भएको हो।
उक्त दुर्घटनामा परी २ जना घाइते भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा एक ट्रक चालक मकवानपुरका वर्ष २६ का अनिश स्याङ्तान रहेको प्रहरीले जनाएको छ।
गएराति टाँडीबाट नारायणगढतर्फ जाँदै गरेको ट्रक र नारायणगढबाट टाँडीतर्फ आइरहेको ट्याङकर ठक्कर खाई सोही ट्यांकर पछाडि सोही दिशाबाट आइरहेको ट्रक ठक्कर खाँदा घाईते भएका ट्रक चालकको उपचार गर्न अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।