काठमाडौं। काठमाडौं महानगरपालिकामा प्लास्टिकजन्य फूलमाला प्रयोग गर्न नपाइने भएको छ। प्लास्टिकजन्य फूलमालाले वातावरणीय प्रदूषण बढाउनुका साथै मानव स्वास्थ्यमा समेत प्रतिकूल असर पार्ने भएको
भन्दै महानगरपालिकाले प्लाष्टिकका फूलगुच्छा र माला बिक्री, वितरण र ओसारपसार तथा प्रयोगमा प्रतिबन्ध लगाएको हो।
तिहारमा निकै फुलमालाको प्रयोग गरिने र नजिकीदैँ गरेको तिहारलाई तक्षित गरी यस्ता सामग्रीको बिक्रीवितरण, ओसारपसार र उपभोग गर्न प्रतिबन्ध गरिएको हो।
अनुगमनका क्रममा वातावरण र स्वास्थ्यमा प्रत्यक्ष असर गर्ने यस्ता सामग्रीको बिक्रीवितरण, ओसारपसार र उपभोग गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही गरिने महानगरले सूचनामा उल्लेख गरेको छ।
वातावरण र स्वास्थ्यमा प्रत्यक्ष असर गर्ने प्लास्टिकजन्य फूलमालाको उत्पादन, बिक्रीवितरण, ओसारपसार र उपभोग गरेको पाइएमा वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०७७ बमोजिम कारबाही गरिने नगरपालिकाले सूचनामा उल्लेख गरेको छ।
