काठमाडौं। आज सुनको मुल्य घटेको छ। निरन्तर उकालो लागेको सुनको मूल्य आज घटेको हो।
आज सुन तोलामा ७ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। आज छापावाल सुन तोलामा एक लाख ६६ हजार रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।
त्यसै गरी आज चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँले घटेको छ। चाँदीको मूल्य प्रतितोला २ हजार ९५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।