काठमाडौं। १७ वटा निर्माण व्यवसायी/आपूर्तिकर्तालाई लिखित स्पष्टिकरण पेश गर्न निर्देशन दिएको छ। सार्वजनिक खरिद अनुगमन कार्यालयले निर्देशन दिएको हो।
कार्यालयले आज (सोमबार) सूचना निकाल्दै विभिन्न निकायबाट सिफारिस गरिएका १७ वटा निर्माण कम्पनीलाई कालोसूचिमा राख्न नपर्ने कुनैपनि कारण भए लिखित स्पष्टिकरण पेश गर्न निर्देशन दिएको हो।
कार्यालयले कालोसूचीमा राख्न नपर्ने आधार प्रमाण भए सूचना प्राप्त भएको मितिले ७ दिनभित्र कार्यालयमा लिखित स्पष्टिकरण पेश गर्न निर्देशन दिएको छ।
