काठमाडौं। खानेपानी मन्त्री प्रदीप यादवले काठमाडौंवासीलाई १२ महिनै पानी खुवाउने गरी काम भइरहेकाे बताएका छन्। काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री यादवले काठमाडौंवासीलाई १२ महिना नै पानी खुवाउने गरी मन्त्रालयले काम गरिरहेको दाबी गरेका हुन्।
उनले प्राविधिक समस्याका कारण मन्त्रालयलाई पनि केही समस्या परेकाले नीति, नियमहरू संशोधन गरी अघि बढिरहेको समेत जानकारी दिए। तत्काल २५ करोड ५० लाख लिटर क्षमता भएको प्लान्ट सुन्दरीजलमा टेन्डर हुन गइरहेको भन्दै मन्त्री यादवले यसले पनि काठमाडौंमा पानीको आपूर्तिमा सहज हुने बताए।
त्यसैगरी शिवपुरी राष्ट्रिय निकुञ्जका सानातिना मुहानमा २५ करोड जति खर्च गर्ने हो भने पनि पानीको समस्या केही हल हुने मन्त्री यादवको भनाइ छ।