फाइल तस्बिर
काठमाडौं। दुर्घटनाका कारण पत्ता लगाउन र दुर्घटनापछि फरार हुनेहरुको खोजी गर्नका लागि नारायणघाट–बुटबल सडकमा सीसी क्यामेरा जडान गरिने भएको छ। जिल्ला प्रहरी कार्यालयले उक्त सडकखण्डमा अत्याधुनिक क्यामेरा जडान गर्ने भएको हो।
चालक र गाडीको गति समेत डिटेक्ट गर्ने करिब एक लाख २५ हजारसम्म पर्ने एनपीआर क्यामेरा जडान गर्ने तयारी भइरहेको कार्यालयले जनाएको छ।
क्यामरा जडानका लागि आवश्यक रकम जिल्लाका पालिकाबाट प्राप्त हुने र कुन पालिकाले कति दिने भन्ने विषयमा प्रमुख जिल्ला अधिकारीसहितको छलफलबाट तय हुने बताइएको छ।