काठमाडौं। सल्यानमा भएको मिनी ट्रक दुर्घटनामा मृतकको संख्या चार पुगेको छ। सोमबार भएको मिनी ट्रक दुर्घटनामा परी मृतकको संख्या चार पुगेको हो।
सल्यानको कपुरकोट गाउँपालिका–६ सिनबाङको दुबेदेबाट धान र पराल लिएर सिनबाङ जाँदै गरेको मिनीट्रक सोमबार साँझ ६ बजेतिर दुर्घटना भएको प्रहरीले जनाएको छ
मिनीट्रक सडकबाट १५० मिटर तल खसेको प्रहरीले जनाएको छ।