पाँचथर। जिल्लाको फिदिम–४ स्थित पाँचथर हाइड्रो पावर कम्पनीको ड्याममा डुबेर एक जनाको मृत्यु भएको छ। कृष्ण तामाङको ड्याममा डुबेर मृत्यु भएको हो।
उनि हिलिहाङ गाउँपालिकाका स्थानीय हुन्। पाँचथर हाइड्रो पावर कम्पनीको ड्याममा डुबेको अवस्थामा उनको शव भेटीएको प्रहरीले जनाएको छ।
घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।