एजेन्सी। अफगानिस्तानको उरुजगान प्रान्तमा गाडी नदीमा खस्दा आठ जनाको मृत्यु भएको छ। उरुजगान प्रान्तको ग्याजाब जिल्लाको बाहिरी भागमा रहेको काठको पुलबाट आज बिहान गाडी नदीमा खसेको हो।
काठको पुल भारी तौलका कारण भाँचिएर दुर्घटना भएको अफगानिस्तानका सूचना तथा संस्कृति प्रान्तीय निर्देशक आगा वली कुरिशीले बताए।
पुलको जीर्ण अवस्था, ओभरलोडिङ र लापरवाही सवारीसाधन यस दुर्घटनाको मुख्य कारण मानिएको छ ।