एजेन्सी। थाइल्यान्डले आफ्ना मुख्य ६ वटा विमानस्थलमा ‘बायोमेट्रिक प्रणाली’ सुरु गर्ने भएको छ। यात्रुहरुलाई थप प्रभावकारी र सुविधाजनक यात्रा अनुभव प्रदान गर्ने उद्देश्यले थाइल्यान्डले आफ्ना छ वटा प्रमुख विमानस्थलहरूमा ‘नयाँ बायोमेट्रिक पहिचान प्रणाली’ सुरु गर्ने तयारी गरेको हो।
आन्तरिक यात्रुहरुले नोभेम्बरदेखि स्वचालित बायोमेट्रिक पहिचान प्रणालीमा नामाङ्कन गर्न सक्ने छन्। यसले यात्रु पहिचान गर्न अनुहार पहिचान प्रविधि प्रयोग गर्दछ। यो प्रणाली डिसेम्बरदेखि अन्तर्राष्ट्रिय यात्रुहरूका लागि पूर्णरुपमा सञ्चालन हुने बताइएको छ।