काठमाडौं। आज सुनको मुल्यले पुनः नयाँ रेकर्ड कायम बनाएको छ। निरन्तर उकालो लागेको सुनको मुल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो।
आज सुन प्रतितोला एक लाख ६८ हजार पाँच सय रूपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ।
यसैगरी आज चाँदीको मुल्य पनि बढेको छ। आज चाँदी प्रतितोला दुई हजार एक सय पाँच रूपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ।