काठमाडौं। भरतपुर महानगरपालिका वडा नम्बर ७ स्थित कृष्णपुर खेल मैदानमा प्यारापिट निर्माण हुने भएको छ। उक्त खेलमैदानलाई अझ स्तरीय बनाउने उद्देश्यका साथ सो प्यारापिट निर्माण गर्न लागिएको हो।
शहरी विकास तथा भवन निर्माण आयोजना कार्यालय, चितवनले कृष्णपुर खेल मैदानमा प्यारापिट निर्माण गर्ने भएको छ। उक्त कार्यालयले खेलकुद विकासमा जोड दिँदै प्यारापिट निर्माणको योजनालाई अघि बढाएको हो। खेल मैदानमा आउने दर्शकका लागि सुविधा सम्पन्न प्यारापिट निर्माण गरिने भएको छ। सो कार्यले खेलाडीहरुलाई पनि प्रोत्साहन मिल्ने देखिएको छ। यसले राष्ट्रकै खेल क्षेत्रको विकासमा पनि टेवा पुग्ने छ।
सो प्यारापिट निर्माणको लागि शहरी विकास तथा भवन निर्माण आयोजना कार्यालय, चितवनले ठेक्का आह्वानसमेत गरिसकेको छ। उक्त प्यारापिट निर्माण गर्नको लागि करिब ८३ लाख लागत लाग्ने अनुमान गरिएको छ। खेल क्षेत्रलाई प्राथमिकतामा राख्दै चितवनको भरतपुर महानगरमा सो कार्य गर्न लागिएको हो।