हेटौंडा। रमनटार समीडाँडामा बस दुर्घटना हुँदा ३५ जना यात्रु घाइते भएका छन्। बुधबार बिहान भएको बस दुर्घटनामा परी ३५ जना यात्रु घाईते भएका हुन्।
घाइते मध्ये २८ जना घाइतेलाई उपचारका लागि चितवन भरतपुर पठाइएकोछ। ४ जनाको हेटौंडा अस्पताल र ३ जनाको मनहरीस्थित अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
काठमाडौंबाट महोत्तरीका लागि छुटेको बस बुधबार बिहान ४ बजे सडकदेखि १० मिटर तल खसेको थियो।