काठमाडौं। आज चार वटा प्रदेश कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिमका केही भागमा आंशिक बदली रहेको छ भने बाकी प्रदेशमा मौसम सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसो दुई वटा प्रदेश कोशी र गण्डकीका केही पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज राति पहाडी भूभागमा आंशिक बदली रहनेछ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।