मनाङ। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सञ्चार सेवा सहज बनाउन निर्देशन दिएका छन्। उनले मनाङ जिल्लाको हुलाक कार्यालयको अनुगमन गर्दै यस्तो निर्देशन दिएका हुन्।
जिल्ला भरीका सबै स्थानमा सञ्चार सेवा सहज हुनुपर्ने उनको भनाई थियो। सञ्चारको कमजोरीले कुनै पनि स्थानका स्थानीय दुरदराजमा रहेका आफन्तसँग बोल्न बन्चित नहुँन सहज रुपमा सञ्चार सेवा सबै स्थानमा पुगोस भन्ने धारणा रहेको उनले बताए।
उनले कुनै पनि स्थानका ब्यक्ती सञ्चार सेवाबाट बन्चीत हुनु नहुने समेत बताए।