काठमाण्डौं। सार्वजानीक जग्गामा यातायात कार्यालय स्थापना गर्नको लागी कागेश्वरी मनोहरा नगरपालीका ४ मा पहल भएको छ। प्रदेशसभा सदस्यले कार्यालयको स्थापनाका लागी पहल गर्नु भएको हो, भने नगरपालीका, वडा कार्यालय र स्थानीयबासीसँग स्थापनाको लागी छलफल गर्न थालीएको छ।
प्रदेशसभा सदस्यका अनुसार प्रदेश सरकारले ट्रायल सेन्टरसहितको यातायात कार्यालय स्थापना गर्न बजेट विनियोजन गरिसकेको छ, अब नगरपालीकाले उक्त भवन निर्माण गर्ने जग्गा उपलब्ध गाराएपछि प्रिफ्याब भवन ६ महिना भित्रमै निर्माण गर्नेछौँ।
उहाँका अनुसार यदी नगरपालीकाले जग्गा उपलब्ध गर्न सकेनभने काठमाण्डौं उपत्यकाको अन्य नगरपालीकामा यातायात स्थापना गरिने छ। जग्गा व्यवस्थापनका लागी प्रक्रिया अगाडी बढाईएको उक्त नगरपालीकाका उपप्रमुखले बताए।
कागेश्वरी नगरपालीकामा उक्त कार्यालयको स्थापना गर्नको लागी जग्गा उपलब्ध नभएमा आफ्नै वडामा जग्गा व्यवस्थापनको पहल गर्ने गोकर्णेश्वर नगरपालीकाका ४ का वडाध्यक्षले बताउनुभयो।
उक्त क्षेत्रमा कार्यालयको स्थापना गर्न सकेमा गोकर्णेश्वर, मनोहरा, कागेश्वरी लगाएत यस क्षेत्रमा सिमा जोडिएका भक्तपुर, नुवाकोट लगाएतका स्थानमा बसोवास गर्ने बासिन्दा समेत लाभान्वित हुने देखिन्छ।