काठमाडौं। आज नेपाली बजारमा सुनको मूल्यमा घटेको छ। निरन्तर उकालो लागेको सुनको मुल्य आज तोलामा ४ हजार रुपैयाँले घटेको हो।
आज सुन प्रतितोला १ लाख ६४ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यस्तै आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी ५५ रुपैयाँले घटेर प्रतितोला १ हजार ९६० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ।