काठमाडौं। १३ वटा कम्पनी कालोसूचिमा परेका छन्। प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले सूचना निकाल्दै १३ वटा कम्पनी कालो सूचिमा परेको जनाएको हो।
ऊर्जा, जलस्रोत तथा सिंचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) को कान्छाराम कन्स्ट्रक्सन सहित १३ वटा कम्पनी कालोसूचीमा परेका हुन्।
उक्त कम्पनीहरुलाई एक वर्षदेखि साढे दुई वर्षसम्म कालो सूचीमा राखेको कार्यालयले प्रकाशन गरेको सूचनामा उल्लेख गरिएको छ।
उक्त कम्पनीहरुले लिएको ठेक्काको काम सन्तोषजनक नभएकाले तुम्लिङटार र बुटवलस्थित संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयले कालोसूचीमा राख्न सिफारिस गरेको थियो।
