काठमाडौं। बिर्तामोड नगरपालिकामा गए राति आगलागी भएको छ। गए राति भएको आगलतगीबाट १० लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार बिर्तामोड–८ प्याकुरेल चोकका शिवलाल गौतमको भान्सा कोठामा आगलागी हुँदा झण्डै १० लाख क्षति भएको हो।
आगलागीबाट भान्सा जलेर नष्ट भएको छ। एउटा स्कुटर जलेको छ। घरको दक्षिणतर्फको बरण्डाको भागसमेत जलेर क्षति पुगेको प्रहरीले जनाएको छ।