काठमाडौं। नेपाल टेलिकमका कर्पोरेट ग्राहकले अब मल्टिपल टिभी जडान गर्न सक्ने भएका छन्। नेपाल टेलिकमले कर्पोरेट ग्राहकहरुको मागलाई ध्यानमा राखी उक्त व्यवस्था ल्याएको जनाएको छ।
उक्त व्यवस्था अन्तर्गत ४ वटा वा सो भन्दा बढी टिभी जडान गर्ने कर्पोरेट ग्राहकहरुले सहुलियत दरमा बेसिक तथा प्रिमियम प्याकेजहरु खरिद गर्न पाउने टेलिकमले जनाएको छ।
यसैगरी ४ देखि १० वटा टिभी जडान गर्ने ग्राहकहरुले प्रति सेट टप बक्स २ हजार ९ सय अठ्तीस रुपैयाँमा १ वर्ष वारेन्टीसहित खरिद गर्न सक्नेछन् भने ११ वटा भन्दा बढी टिभी जडान गर्ने ग्राहकहरुले प्रति सेट टप बक्स २ हजार ८ सय पच्चीस रुपैयाँमा १ वर्ष वारेन्टीसहित खरिद गर्न सक्ने टेलिकमले बताएको छ।
टेलिकमले विभिन्न समयमा धेरै प्रकारका अफरहरु ल्याउदै आएको छ।