बागलुङ। बागलुङको जैमिनी –७ जैदीको व्यार्थलानजिक हर्देवामा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। छिस्तीबाट आज बिहान बागलुङ बजार आउँदैगरेको जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको हो।
जिप सडकबाट करिब सातसय मिटर तल खसेको प्रहरीले जनाएको छ। दुर्घटनामा चालकसहित पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।