हेटौँडा। मकवानपुरको हेटौँडामा पेट्रोल ट्यांकरको टायर पड्किएर एक जनाको मृत्यु भएको छ। सोही ट्यांकर पड्किदा पाँच जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार पन्चर भएको टायर मर्मत गरेर हावा भर्ने क्रममा पड्किदा यो घटना घटेको हो।
मृत्यु हुनेमा थाना भर्याङमा टायर मर्मत पसल सञ्चालन गर्दै आएका भारत घर भएका ३४ वर्षीय मोहम्मद ऐजाज रहेको प्रहरीले जनाएको छ।