काठमाडौं। बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ। आज ४ सय रूपैयाँले सुनको मुल्य घटेको हो।
आज सुन तोलाको १ लाख ६२ हजार २ सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ।
यसैगरी आज चाँदीको मूल्य भने बढेको छ। चाँदी तोलामा १५ रूपैयाँले बढेर १ हजार ९ सय ४० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।