ताप्लेजुङको तिम्बुङ पोखरी भ्रमणमा जाने पर्यटकको सेवाको लागी यस क्षेत्रमा पर्यटक घर निर्माण गरिएको छ । सिदिङरवा गाउँपालिका कालिखोलामा रहेको पोखरी नेपालको एक सय पर्यटकीय गन्तव्यमा सूचीकृत क्षेत्र हो ।
सुन्दर र आकर्षण पर्यटकीय तिम्बुङ पोखरी क्षेत्र चार हजार ४८० मिटरको उचाइमा रहेको छ । पर्यटकको सुविधाका लागी ५५ लाख लागतमा उक्त गाँउपालिकाले घर निर्माण गरेको हो । प्रवक्ता राईका अनुसार तीन हजार ८०० मिटर उचाई रहेको पोखरी क्षेत्रमा संरचना निर्माण गरिएको हो । उक्त घरमा ४५ जना अटाउने घर , भान्सा र शौचालय रहेको छ ।
अहिलेसम्म उक्त क्षेत्रमा भ्रमण गर्न जाने पर्यटक चौँरि गोठमा बास बसेर फर्कनुपर्ने अबस्था भएपनि पर्यटक आवार घर बनेपछि भने बाह्य तथा आन्तरिक पर्यटकलाई सुविधा भएको उक्त गाँउपालिकाका उपाध्यक्ष जीवनकुमार ताम्लिङले बताउनुभयो । उक्त क्षेत्रमा धार्मिक आस्थाले नागपञ्चमीमा आन्तरिक पर्यटक पोखरीको दर्शन गर्न जाने गरेका छन् । उक्त क्षेत्रमा सुन्दर दृश्य , जडीबुटी , चौँरीपालन अवलोकनगर्न पर्यटकले यस क्षेत्रको भ्रमण गर्ने गर्दछन् ।