काठमाडौं। क्रसर, बालुवा र खानी उद्योग व्यवसायीहरूको छाता संगठन नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको महाधिवेशन हुने भएको छ। महासंघको महाअधिवेशन भोली महोत्तरीको बर्दिवासमा हुने भएको हो।
साधारण सभा र महाधिवेशनको उद्घाटन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले गर्ने बताईएको छ। उक्त महाधिवेशनमा देशभरबाट ७८० क्रसर बालुवा तथा खानी उद्योग व्यवसायी सहभागी हुने बताइएको छ।