काठमाडौं। तुलसीपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। माछा मार्ने क्रममा करेन्ट लागेर तुलसीपुर उपमहानगरपालिका–७ गैरापातुका ४० वर्षीय शम्शेर चलाउनेको मृत्यु भएको हो।
इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार घर नजिकैको भजना खोलामा मंगलबार बेलुका करेन्ट लगाएर माछा मार्ने क्रममा चलाउनेको मृत्यु भएको हो।
घटनास्थलबाट करेन्ट लगाउन प्रयोग गरिएको तारसहित सोही ठाउँका ४५ वर्षीय बलबहादुर बोहरा, ६२ वर्षीय गोरे वली र १२ वर्षीय सन्तोष विकलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।