काठमाडौं। स्थानीय बजारमा आज सुनको मूल्य घटेको छ। आज सुनको मुल्य तोलामा रु दुई हजार दुई सयले घटेको हो।
आज छापावाला सुन तोलामा रु एक लाख ६० हजारमा कारोबार भईरहको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
यसैगरी आज चाँदीको मूल्य तोलामा रु ३५ ले घटेको छ। चाँदी आजका लागि रु एक हजार नौ सय पाँच रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।