काठमाडौं। दार्चुलाको शैल्यशिखर नगरपालिका– ६ मा भएको जीप दुर्घटनामा ज्यान गुमाउनेको संख्या सात पुगेको छ। पाँचजना घाइते छन्।
शैल्यशिखर–९ नक्तडका ४५ दिलीप विष्ट, लेकम गाउँपालिकाकाका ३० वर्षीय वीरेन्द्र रावल, २५ वर्षीया शान्ति रावलको मृत्यु भएको प्रहरीले जनाएको छ। यस्तै नक्तडका ४५ दिलीप विष्ट, ४० वर्षीया मीना लेखकको पनि मृत्यु भएको छ। बैतडीको डिलासैनी गाउँपालिका ५ का ५० वर्षिय वीरेन्द्र बोहरा, र १६ वर्षीया सुजित बोहराको ज्यान गएको प्रहरीले जनाएका ेछ।
ज्यान गुमाउनेमध्ये दुई भारतीय नागरिक छन्। एक जनाको भने सनाखत हुन बाँकी रहेको छ।
मालिकार्जुनबाट गोकुलेश्वरतर्फ जाँदै गरेको म १ ज ३३८ नम्बरको जीप बिहान ४ बजेतिर शैल्यशिखर नगरपालिका–६ मा दुर्घटना भएको थियो।