काठमाडौं। आज बिहान दार्चुलाको शैल्यशिखर नगरपालिका ६ को बकजेबलामा भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुगेको छ ।
बिहानसम्म घटनास्थलबाट ६ जनाको शव संकलन गरिएकोमा अस्पताल पुर्याइएका थप दुई जनाको पनि मृत्यु भएको प्रहरीले जनाएको छ।
बिहीबार बिहान ४ बजेतिर मालिकार्जुन धामबाट गोकुलेश्वरतर्फ जाँदै गरेको म १ ज ३३८ नम्बरको जीप दुर्घटनामा परेको थियो ।