डोटी। जिल्लाको खुनस्थित भीमदत्त राजमार्गमा मोटरसाइकललाई जिपले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। मोटरसाइकलमा सवार लोकेन्द्र साउदको मृत्यु भएको हो।
मृत्यु हुने साउद दिपायल सिलगढी नगरपालिका–१ सिर्खोलीका हुन्। उनि ३२ वर्षका रहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक प्रकेश विकलाई सुजङ्ग अस्पतालमा सामान्य उपचारपश्चात थप उपचारको लागि धनगढी पठाइएको प्रहरीले जनाएको छ।