काठमाडौं। धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० खयरघारीबाट ट्रक त्रिशूली नदीमा खसेको छ। ट्रक त्रिशूली नदीमा खस्दा तीन जना घाईते भएका छन्।
नवलपरासीबाट काठमाण्डौका लागि छुटेको ट्रक आज बिहान त्रिशूली नदीमा खसेको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाईते भएका तीनै जनालाई उपचारको लागि अस्पताल पुर्याईएको र तीनै जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।